२०८३ बैशाख २० गते , आईतबार

कर्णाली साकोसका सचिव बस्नेतले भ्रष्टाचार गरेको भन्दै उजुरी

sajilo news
परिवेश मिडिया
२०८० पौष ८ गते , आईतबार
कर्णाली साकोसका सचिव बस्नेतले भ्रष्टाचार गरेको भन्दै उजुरी

बिर्तामोड बिर्तामोडमा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिव भुपाल बस्नेतले भ्रष्टाचार गरेको भन्दै सदस्यहरुले कारबाहीका लागि उजुरी दिएका छन्

सचिव बस्नेतले कर्णालीले आयोजना गरेको स्वास्थ्य शिविरमा भ्रष्टाचार गरेको भन्दै छानबिन गरी पदबाट निस्काशनको माग सहित उनीहरुले उजुरी दिएका हुन् एक सय बढी सदस्यहरुले सचिव बस्नेतलाई कारबाहीका लागि हस्ताक्षरसहित निवेदन दिएको एक उजुरीकर्ताले बताए

२०७९ जेठ २८ गते कचनकवल गाउँपालिकामा प्रदेश सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगमा कर्णाली साकोसले स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो । कर्णाली साकोसको पथरीया सेवा केन्द्रमा कर कट्टी पश्चात प्राप्त नगद १ लाख ९७ हजार रुपैँया मध्ये १ लाख ३६ हजार ८२० रुपैँयाको हरहिसाब सचिव बस्नेतले असार २४ गते सेवा केन्द्रमा बुझाएको र बाँकी ६० हजार १८० रुपैँया संस्थालाई फिर्ता गर्नुको साटो बस्नेतले आफ्नो खातामा जम्मा गरेको पाइएको उजुरीमा उल्लेख छ ।

वित्तीय संस्थामा यस्तो आर्थिक अपचलन एकदमै निन्दनीय भ्रष्टाचार हो भन्ने हामी सदस्यहरुको ठहर अत सदस्यलाई झुक्याई सदस्यको नाममा संस्थाको नाममा आएको रकम यसरी अपचलन गर्ने आर्थिक अनुशासन नभएको व्यक्तिबाट संस्थामा सुशासन इमान्दारिता कदापी नहुने हाम्रो बुझाई हो तसर्थ यस्ता व्यक्तिहरुलाई संस्थाको कुनै पदमा बहाल रहने अधिकार नभएको हुँदा निज भुपाल बस्नेतलाई सचिव पदबाट यथाशिघ्र बर्खास्त गरी आर्थिक अनुशासनतर्फ संस्थालाई लैजान हुन हार्दिक अनुरोध गर्दछौँ,’ निवेदनमा उल्लेख

यस्ता आर्थिक अपराधलाई ढाकछोप गर्न खोजिए कानुनी उपचार खोजिनेसमेत निवेदनमा उल्लेख सदस्यहरुले उजुरी दिएको संस्थाले छानबिन गर्ने अध्यक्ष टसबहादुर प्रधानले बताए उनले भने, ‘निवेदन आएको , हामी छानविन गर्ने पक्षमा छौँ,’ उनले भने, ‘त्यो कुरा साँचो हो रहेछ भने उहाँले सजाय भोग्नु पर्छ

सम्बन्धित समाचार