२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा जुत्ता चप्पल महोत्सव हुने

sajilo news
परिवेश मिडिया
२०८० पौष ७ गते , शनिबार
बिर्तामोडमा जुत्ता चप्पल महोत्सव हुने

बिर्तामोड झापामाप्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८० सञ्चालन हुने भएको पुष गतेदेखि बिर्तामोडको सिटी सेन्टरमा एक महिनासम्म महोत्सव सञ्चालन हुन लागेको हो

नेपालका आठ वटा जुत्ता चप्पल उत्पादकहरुले संयुक्त रुपमा महोत्सव सञ्चालन गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो महोत्सवमा रोयल सुज, बीएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डीजे सुज, टुरिस्ट सुज रन सुजका ब्राण्ड उपलब्ध हुनेछन् ती कम्पनीहरुका १५ बढी ब्राण्डका तीन हजार बढी डिजाइनहरु महोत्सवमा उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए न्यौपानेका अनुसार सबै उमेर समूहका लागि जुत्ता चप्पल प्रदर्शनीमा राखिने  

नेपाली उत्पादनको प्रबर्धन गर्ने, विदेशी कम्पनीका उत्पादनको चोरी पैठारीलाई निरुत्साहित गर्ने, नेपाली उत्पादनप्रति उपभोक्तालाई साक्षात्कार गराउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको न्यौपानेले बताए महोत्सव अवधिभर २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने आयोजकले जनाएका छन्  

महोत्सव पश्चात सिटी सेन्टर आठ वटै कम्पनीले संयुक्त रुपमा शो रुम सञ्चालन गर्ने न्यौपानेले जानकारी दिए

 

सम्बन्धित समाचार