२०८३ बैशाख २० गते , आईतबार

प्रधानमन्त्रीको निर्देशनपछि बक्यौता नतिर्ने उद्योगको लाइन काटियो

sajilo news
परिवेश मिडिया
२०८० पौष ७ गते , शनिबार
प्रधानमन्त्रीको निर्देशनपछि बक्यौता नतिर्ने उद्योगको लाइन काटियो

बिर्तामोड प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनपछि लामो समयदेखि विद्युत प्राधिकरणको बक्यौता नतिर्ने उद्योगको विद्युत लाइन काटिएको शुक्रबार साँझ अर्बौँ बक्यौता रहेका मुलुकका ठूला उद्योगको लाइन काटिएको हो

विद्युत् प्राधिकरणका अनुसार विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट, सिमरास्थित जगदम्बा स्टिल भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो

प्राधिकरणले गत भदौ १७ मा नै डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको थियो सूचना जारी भएलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको करिब ४० उद्योगी व्यवसायीको टोलीसँगको छलफलमा प्रधानमन्त्रीलेविवादित विषय भएको समाधान गर्नुपर्ने भन्दै लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए तर प्रधानमन्त्रीले बिहीबार ऊर्जा मन्त्रालयको समीक्षाका क्रममा बक्यौता नतिर्नेको लाइन काट्न निर्देशन दिएका हुन्

विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ, त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समीक्षा बैठकमा दाहालले भने, ‘डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौं ठूलाबाट सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ जाऔं

प्रधानमन्त्रीले निर्देशन दिएको भोलिपल्टै प्राधिकरणले चारवटा उद्योगको विद्युत् लाइन काटेको हो प्राधिकरणका अनुसार शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिलको सबैभन्दा बढी अर्थात् अर्ब १४ करोड रुपैयाँ, गोल्यान समूहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सको अर्ब ९४ करोड रुपैयाँ, संघाई ग्रुपको लगानी रहेको घोराही सिमेन्टको अर्ब ३६ करोड मुरारका ग्रुपलगायतको लगानी रहेको अर्घाखाँची सिमेन्टको अर्ब ३० करोड बक्यौता तर उद्योगी व्यवसायीले भने यो विवादित विषय भएको भन्दै महसुल नतिर्ने अडानमा छन् २०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद चर्किएको हो

लोडसेडिङको समयमा डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् जडानका लागि प्राधिकरणमा निवेदन नै नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगी उक्त रकम नतिर्ने अडानमा छन्

लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भनी ६७ प्रतिशत महँगोमा बिल प्राधिकरणले पठाएको भन्दै उद्योगीले यो विवादित विषय भएको समस्या समाधान गरिदिन सरकारसमक्ष निरन्तर अनुरोध गरिरहेका छन् बिल तिर्नैपर्ने भए टीओडी (टाइम आफ डे) बिल अनिवार्य चाहिने उनीहरूको माग निवेदन दिएर डेडिकेटेड ट्रंकलाइन जडान गरे घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरे मात्रै उक्त महसुल तिर्नुपर्ने प्राधिकरणकै विद्युत् महसुल विनियमावलीमा तर यसविपरीत रकम असुलीको प्रक्रिया अघि बढाइएको उद्योगीहरूको तर्क

सम्बन्धित समाचार