२०८३ बैशाख २० गते , आईतबार

सतानु पैनीमाथि भूमाफियाको चलखेल

व्यक्तिको नाममा दर्ता गरी व्यवसायीक वर्गीकरणका लागि दबाब

sajilo news
परिवेश मिडिया
२०८० पौष ६ गते , शुक्रबार
सतानु पैनीमाथि भूमाफियाको चलखेल

बिर्तामोड कुनै समय बिर्तामोडको मध्य भाग भएर बग्ने सतानु पैनीमा भुमाफियाको चलखेल भएको पाइएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी वर्गीकरणका लागि बिर्तामोड नगरपालिकामाथि दबाब शुरु भएको

२०२१ सालको नक्सामा स्पष्ट रहेको उक्त पैनी यतिबेला भुमाफियाले आफ्नो बनाएर रजाईँ गर्ने योजना अघि सारेका छन् तारानिधी तिम्सिनाको नाममा श्रेस्ता कायम गराएको कि.नं. १२६६ को विगाह कठ्ठा क्षेत्रफलको उक्त जग्गा आफुहरुले अंशबाट पाएको भन्दै चन्द्रागिरी१३, काठमाण्डौ निवासी राधिका तिम्सिना ऋषिराम भन्ने रोशन तिम्सिनाले दाबी गरेको पाइएको

सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ साल चैत्र गते दर्ता बदर गर्ने निर्णय गरेको थियो साथै मालपोत कार्यालय झापाले २०६४ साउन २४ गते उक्त जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दा निवेदकलाई प्रतिवादको मौका नदिएको भन्दै २०७४ साल चैत्र गते सर्वोच्च अदालतले उत्प्रेषणयुक्त परमादेशबाट अख्तियारको निर्णय बदर गरेको पाइएको  

सो जग्गा २०५९ साल असार गते पुनरावेदन अदालत इलामबाट दोहोरो दर्ता बदर मुद्धामा राधिका तिम्सिना ऋषिराम भन्ने रोशन तिम्सिनाको नाममा दर्ता कायम हुने ठहर गरेको पाइएको

माथिका आदेशहरु उल्लेख गर्दै आदेश कार्यान्वयनका लागि मालपोत कार्यालय भद्रपुर झापालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० जेठ गते पत्राचार गरेको थियो

यता बिर्तामोड नगरपालिका भने सो जग्गा वर्गीकरण गर्ने मुडमा नभएको बुझिएको दर्ता गर्न सकिने अवस्था छैन, सो दर्ता बदर गरी दर्ता गराउन संलग्नहरुलाई कारबाहीको सिफारिस गर्नुपर्छ,’ एक अधिकारीले भने, ‘पछि ललिता निवास प्रकरण जस्तो सतानु पैनी नहोला भन्न सकिँदैन

के हो सतानु पैनी ?

हालको बिर्तामोड नगरपालिका वडा नं , भएर बग्ने सो पैनी वडा नं सम्म पुगेर टुंगिएको थियो बिर्तामोडको मुक्ति चौक उत्तरदेखि बिर्तामोड को नरियाबारीसम्म पैनीको साविक वहाव रहेको थियो तर, अहिले त्यस सतानु पैनीको नामोनिशान छैन पुरानो लाली गुराँस होटलदेखि उत्तरबाट शुरु भएको पैनी ट्राफिक प्रहरी कार्यालय, प्रसाई सुपर मार्केट, हिकोला होटल हुँदै पूर्वपश्चिम राजमार्ग पार गरी दक्षिणतर्फ बग्ने गरेको थियो राजमार्ग दक्षिणमा संगम स्वीट्स, कुमारी बैंकको पूर्वपट्टि पुरानो भद्रपुर रोडको छेउबाट बग्दै दक्षिण झर्ने गरेको थियो पुरानो भद्रपुर रोड पूर्वपट्टिबाट बग्दैे भुपेन्द्रसिंह राजवंशीको जग्गाको सिमानासम्म कायम रहेको पैनी बिर्ताबजारदेखि पूर्व आनन्दगञ्ज जाने बाटोदेखि दक्षिण विराटज्योति बोर्डिङको बाटो हुँदै शुभलक्ष्मी टोलतर्फ बग्ने गरेको जानकारहरु बताउँछन् यस टोलभन्दा अझ दक्षिण बिर्तामोड को मुसहरबस्ती पूर्व हुँदै नरियाबारीसम्म पैनी रहेको थियो २०२१ सालको नक्सालाई हेर्दा साविक अनारमनीको , नं वडामा सो पैनी कायम रहेको देखिन्छ सर्पट नापीको नयाँ नक्सामा पनि पैनी कायम हालको नयाँ नक्सालाई हेर्दा सिट नं १७९१६० मा पैनीलाई कायम राखिएको हो तर, शिरदेखि पुछारसम्मको पुरै पैनी नक्सामा कायम छैन कतिपय ब्यक्तिले यसलाई आफ्नो नाममा नम्बरी बनाइसकेका छन् करिव दुई प्रतिशत पैनीको भूभाग मात्र अस्तित्वमा अधिकांश भाग अतिक्रमण भइसकेको पैनीको सार्वजनिक जग्गा मासेर त्यसमा ठूलठूला घरहरु निर्माण गरिएका छन् त्यस्तै कतिपय ठाउँमा पैनी मिचेर प्लटिङका लागि बाटो निर्माण गरिएको विराटज्योति बोर्डिङ जाने बाटो पैनी मिचेरै बनाइएको हो भने शुभलक्ष्मी टोलको प्लटिङको बाटो पैनीकै जग्गामा निर्माण गरिएको करिव साढे तीन किलोमिटर लम्बाई ३० देखि ४० फुट चौडाई रहेको सतानु पैनी सबै मासिइसकेको सर्पट नापीले धेरै ठाउँमा पैनीलाई नम्बरी बनाइदिएको हो कतिपयले पैनीमाथि बनाएको आफ्नो घरको नक्सा पास गरिसकेको बताइएको हालको बिर्तामोड मा पैनीको जग्गा अतिक्रमण गरी सबैभन्दा बढी निजी संरचना निर्माण गरिएका छन् करिब एक सय सुकुम्बासीसमेत उक्त पैनीमा बसोबास गरिरहेका छन् वडा नं मा पनि पैनीलाई कुलोको आकारमा साँघुरो बनाइएको

 

सम्बन्धित समाचार