२०८३ बैशाख २० गते , आईतबार

गैर सरकारी संस्थाका प्रतिनिधीलाई क्षमता अभिवृद्धि तालिम शुरु

sajilo news
परिवेश मिडिया
२०८० पौष ५ गते , विहीबार
गैर सरकारी संस्थाका प्रतिनिधीलाई क्षमता अभिवृद्धि तालिम शुरु

बिर्तामोड झापाको बिर्तामोडमा कोशी प्रदेशका दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धि तालिम शुरु भएको बिहीबार शुक्रबार दुई दिन चल्ने तालिम अर्जुनधारा११ स्थित नयाँ बसपार्कको होटल अर्किडमा शुरु भएको हो

उद्घाटन कार्यक्रममा बोल्दै  प्रतिनिधीसभाका सांसद हर्कमाया विश्वकर्माले नेपालमा संविधानले छुवाछुत मुक्त घोषणा गरेको यतिका बर्ष भइसक्दा पनि गाउँमा भने छुवाछुत यथावत रहेको बताइन् सामाजिक क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले सामाजिक विभेद हटाउने कार्यमा प्रभावकारी भूमिका खेल्नु पर्ने बताइन् गैससहरुले समाजमा कसरी काम गरिरहेको ती कामहरु कति परिणाममुखी भयो भनेर अडिट गर्नुपर्ने औँल्याइन सरकारले गैससहरुमार्फत ठूलो लगानी गरेपनि त्यस अनुरुप उपलब्धि हुन नसकेको बताइन् गाउँ गाउँमा गैससहरुले दलित, जनजाति तथा आदिबासीको क्षेत्रमा काम गरेपनि उनीहरुको नेतृत्व विकास गरेर राज्यको नेतृत्व गर्ने ठाउँमा पुर्याउन नसकेको भन्दै गुनासो गरिन् सामाजिक संघसंस्थाहरुमा ३३ प्रतिशत महिला सहभागिता गराउने बिषयमा गैससहरुले बहस चलाउनु पर्नेमा उनले जोड दिइन्

कार्यक्रमका अतिथी गैर सरकारी संस्था महासंघ कोशी प्रदेशका इञ्चार्ज छविलाल खतिवडाले गैससहरुलाई राज्यले उपेक्षा गरेको बताए बिषम परिस्थितीमा राज्यले कर छुट लगायतको बिषयमा सोचिदिन उनले आग्रह गरे

जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको आयोजक संस्था लिडरसिप एकेडेमी नेपाल (लेन)का वरिष्ठ कार्यक्रम प्रबन्धक प्रभाकर प्रधानले जानकारी दिए

तालिममा कोशी प्रदेशका ताप्लेजुङ ओखलढुंगा बाहेक १२ जिल्लाबाट २४ जना प्रतिनिधी सहभागी रहेका छन्

तालिम अवधिभर प्रस्ताव लेखन, कार्यक्रम योजना कार्यान्वयन, वित्तीय व्यवस्थापन बजेट, नेतृत्व विकास वकालत सीपका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको जय तिम्सिना, सोमराज ढकाल राजन न्यौपानेले तालिमलाई सहजीकरण गर्ने छन्

लेनका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गैसस महासंघ झापाका अध्यक्ष कृष्ण दंगालको उपस्थिती रहेको थियो सहभागीलाई लेनकी कार्यक्रम अधिकृत सबिना बडेले स्वागत गरेको कार्यक्रम सञ्चारकर्मी भिमा शिवाकोटीले सञ्चालन गरेकी थिइन्

सम्बन्धित समाचार