२०८३ बैशाख २० गते , आईतबार

झापा–२ का किसानलाई सहयोग गर्न आए चिनियाँ प्राविधिक

sajilo news
परिवेश मिडिया
२०८० पौष ५ गते , विहीबार
झापा–२ का किसानलाई सहयोग गर्न आए चिनियाँ प्राविधिक

बिर्तामोड झापा निर्वाचन क्षेत्र नम्बर का किसानलाई सहयोग गर्न चिनियाँ प्राविधिक झापा आएका छन् पशुपालन मत्स्य पालनमा संलग्न किसानलाई प्राविधिक रुपमा सहयोग गर्न उनीहरु आएका हुन्

साउथ एशिया सेन्टर फर साउथसाउथ कोअपरेसन फर पोभर्टी एलिभेसनमार्फत उनीहरु नेपाल आएका हुन् आज काठमाण्डौस्थित चिनियाँ राजदुतावासका कर्मचारी चाउ हाउसहित आएका ती कृषि विज्ञहरुले बिर्तामोड , का कृषकहरुसँग अन्तरक्रिया गरेका छन् उनीहरुले कृषकहरुले भोग्नु परेको समस्याका बारेमा जिज्ञासा राख्नुका साथै वडा नम्बर को एउटा माछा फार्म एउटा गाई फार्मको स्थलगत अवलोकन गरेको वडा नम्बर का वडाध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिए

पहिलो चरणमा मत्स्य पालन दुग्ध उत्पादनमा आवद्ध किसानलाई सहयोग गर्ने प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको क्षेत्र नम्बर लाई वटा क्लस्टरमा बाँडेर काम गरिने निर्वाचन क्षेत्र नम्बर का नेकपा एमालेका संयोजक बद्री भट्टराईले जानकारी दिए उक्त क्लस्टरहरुमा बिर्तामोडको वडा नम्बर , एउटा, , एउटा, अर्जुनधारा ,,१० ११ एउटा, अर्जुनधारा ,,,, एउटा, कनकाई , अर्जुनधारा लाई एउटा क्लस्टरमा विभाजन गरिएको

पाइलट प्रोजेक्टको रुपमा स्थानीय बीउलाई प्रबर्धन गरिने बताइएको क्रमशः उनीहरुले धान, बाँस, मासु, सुपारी, फलफुल खेतीमा समेत सहयोग गर्ने संयोजक भट्टराईले जानकारी दिए

अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेल, प्रदेश सांसद एकराज कार्कीलगायत सहभागि थिए

सम्बन्धित समाचार