२०८३ बैशाख २० गते , आईतबार

काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० पौष ४ गते , बुधबार
काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

बिर्तामोड झापाको काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस बारामा दुर्घटना भएको आज बिहान बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको  

घटनामा २७ जना घाइते भएका छन् काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बा ००१ २५८७ नम्बरको बस हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७३०० नम्बरको ट्रक आज बुधबार बिहान बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए

दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको

उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो घाइतेमध्ये जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार