२०८३ बैशाख २० गते , आईतबार
थ्रेसर लगाउने क्रममा च्यापिएर टुडुको मृत्यु
बिर्तामोड । झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जना मृत्यु भएको छ। झापा गाउँपालिका-२ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडुले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए।
सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।