२०८३ बैशाख २० गते , आईतबार

भद्रपुरमा हिमालयनले गर्यो मृत्यु दाबी भुक्तानी

sajilo news
परिवेश मिडिया
२०८० पौष ३ गते , मंगलबार
भद्रपुरमा हिमालयनले गर्यो मृत्यु दाबी भुक्तानी

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको भद्रपुरमा मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमित स्वर्गीय प्रकाश आले थापाको परिवारलाई मंगलबार दाबी भुक्तानी दिएको हो ।

कम्पनीको भद्रपुर शाखा कार्यालयमा आयोजित  एक कार्यक्रमका बिच कम्पनीले स्वर्गीय आलेकी श्रीमती तारा थापालाई १० लाख ५५ हजारको चेक हस्तान्तरण गरेको शाखा प्रमुख ओम खतिवडाले जानकारी दिए । आलेले साबिक युनियन लाइफमा १० लाख विमाङ्कको बीमा गरेको र प्रिमियम एक लाख १८ हजार रुपैँया कम्पनीमा भुक्तानी गरेको शाखा प्रमुख खतिवडाले बताए ।

चेक बुझ्दै थापाले बीमा गरे भैपरि आउँदा अवश्य भुक्तानी पाइँदो रहेछ भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रममा शाखाका मार्केटिङ एक्ज्युकेटिभ निरज निरौला, एमडीआरटी पंकजकुमार घोष, एजेन्सी मेनेजर गीता पौडेल (उर्मिला) लगायतको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार