२०८३ बैशाख २० गते , आईतबार

सिटी सफारी पल्टँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० पौष २ गते , सोमबार
सिटी सफारी पल्टँदा एक जनाको मृत्यु

बिर्तामोड । मेचिनगर-१० धुलाबारीमा सिटी सफारी पल्टँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान साढे पाँच बजे भित्री सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टँदा चालकको मृत्यु भएको हो ।
उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्र१-०१-००२ह ७६५ न. को सिटी सफारी आफैं अनियन्त्रित भई पल्टिँदा  चालक मेचिनगर-९ बस्ने बर्ष अन्दाजी ४५-५० को बद्रीबहादुर बस्नेतको टाउकोमा चोट लागेर गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उपचारका लागि उनलाई तत्काल बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले ५:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार शव सोहि अस्पतालमा रहेको र सिटी सफारी ईप्रका धुलाबारीको नियन्त्रणमा रहेको  छ । 

सम्बन्धित समाचार