२०८३ बैशाख २० गते , आईतबार
बन्धुप्रसाद बास्तोला झापाको सीडीओ रुपमा आउँदै
बिर्तामोड । झापाको प्रमुख जिल्ला अधिकारी -सीडीओ_को रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन । पाल्पामा सीडीओको रुपमा कार्यरत सीडीओ बास्तोलालाई झापा सरुवा गरिएको हो ।
गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरूवा गरेको छ । अन्य ८ जना सहसचिवको पदस्थापन गरेको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको पदस्थापना तथा सरूवा गरेका हुन् ।
यस अघि झापामा कार्यरत सीडीओ शिवराम पोखरेलको सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवको रुपमा सरुवा भएपछि झापा सीडीओ विहिन बनेको थियो ।