२०८३ बैशाख २० गते , आईतबार

पैंतालिस लाख धरौटी बुझाएर छुटे बालकृष्ण खाँड

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २९ गते , शुक्रबार
पैंतालिस लाख धरौटी बुझाएर छुटे बालकृष्ण खाँड

बिर्तामोड पूर्व गृहमन्त्री बालकृष्ण खाँण महिनापछि थुनामुक्त भएका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन्

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो

उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको खाँणलाई १५ लाख धरौटीमा रिहा गर्ने निर्णय गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले रातोपाटीलाई बताए

 

सम्बन्धित समाचार