२०८३ बैशाख २० गते , आईतबार

‘पूर्वी गर्जन’को विमोचन, पत्रकार नरेन्द्र ढकाल सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २८ गते , विहीबार
‘पूर्वी गर्जन’को विमोचन, पत्रकार नरेन्द्र ढकाल सम्मानित

बिर्तामोड झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच पूर्वी गर्जन पत्रिकाको सार्वजनिकीकरण गरिएको नेपाल कम्युनिष्ट पार्टीको विचार र कार्यक्रम प्रवाह गर्ने माध्यमको रुपमा प्रकाशित पूर्वी गर्जन सार्वजनिक गरिएको हो

पूर्वी गर्जन मिडिया प्रालिद्वारा प्रकाशित पत्रिकाले मुलत राजनीतिक विषयलाई उठान गर्ने बताइएको सुमन सिंह सी निर्देशक रहेको पत्रिकाको प्रविन अधिकारी सम्पादक रहेका छन् पत्रिका यस अघि नै प्रकाशन भएको भएपनि पार्टीलाई प्रतिबन्ध लागेसँगै प्रकाशन बन्द भएको थियो क्रान्तिलाई सफल बनाउन सञ्चारको महत्वपूर्ण भूमिका हुने भएकाले पत्रिका पुनः प्रकाशन शुरु गरिएको निर्देशक सुमन सिंह सीले बताए । पूर्वी गर्जनको अनलाईन संस्करण भने प्रकाशन भइरहेको थियो

पूर्वी गर्जनले अक्षयकोषको समेत आरम्भ गरेको अक्षयकोषमार्फत बर्षेनी एक जना प्रगतिशिल पत्रकारलाई सम्मानित गरिने यो बर्ष पत्रकार नरेन्द्र ढकाललाई सम्मानित गरिएको सम्पादक अधिकारीले बताए ढकाललाई कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल बिरहीले नगदसहित सम्मान पत्रले सम्मान गरेका थिए ढकाल मिडिया एक्सन नेपालका प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार समाज झापाका अध्यक्ष हुन् उनी पूर्वाञ्चल दैनिकमा आबद्ध छन्

पार्टीका मेची व्युरो इञ्चार्ज सुमन सिंह सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य -अग्नी_, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रदेश समिति सदस्य लीलाराज झापाली, झापा शाखाका अध्यक्ष एकराज गिरीलगायतले पत्रिकाको निरन्तरतासहित प्रगतीको शुभकामना दिएका थिए   

  

 

सम्बन्धित समाचार