२०८३ बैशाख २० गते , आईतबार
बाह्रदशीमा मृत हात्ती फेला
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा एउटा मृत हात्ती फेला परेको छ । बाहद्रशी १, बागमतामा उक्त भाले हात्ती मृत अवस्थामा बिहीबार बिहान फेला परेको हो ।
बुधबार राति स्थानीय नगेन्द्र राईले बारीमा लगाएको सुटुनी खाएर तोरीबारीमा हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको बाहिरी भागमा कुनै चोटपटक नदेखिएको जिप्रका झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । वन कार्यालयका कर्मचारी, प्रहरीलगायतको उपस्थितीमा घटनास्थलमा अनुसन्धान तथा कानुनी प्रक्रियाको काम भइरहेको प्रहरीले जनाएको छ ।