२०८३ बैशाख २० गते , आईतबार

पत्रकार बास्तोलालाई ज्यानमार्ने धम्की दिनेलाई कारबाहीको माग

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २६ गते , मंगलबार
पत्रकार बास्तोलालाई ज्यानमार्ने धम्की दिनेलाई कारबाहीको माग

बिर्तामोड प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका सदस्य तथा बिर्तामोड झापा डटकम अनलाईन न्यूज पोर्टलका सञ्चालक टिकाराम बास्तोलालाई ज्यानमार्ने धम्की दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल झापा नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको

केहि दिन अघि पत्रकार बास्तोलाले बाह्रखरी अनलाईनमा प्रकाशितअफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ शिर्षकको समाचार साभार गरेर बिर्तामोड झापा डटकममा प्रकाशित गरी फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए उक्त समाचारको बिषयलाई लिएर समाचारमा उल्लेखित अञ्जेस गिरीका बाबु गणेश गिरीलगायत परिवारका अन्य सदस्यहरुले अश्लिल गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटना अत्यन्त निन्दनीय भएको उनीहरुले विज्ञप्तिमार्फत जनाएका छन्

समाचारमा चित्त नबुझे कानुनी उपचारमा जान सकिने भन्दै स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन उनीहरुले माग गरेका छन्

सम्बन्धित समाचार