२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडलाई अनलाईन सञ्चारमाध्यम सञ्चालकहरुको ध्यानाकर्षण पत्र

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २५ गते , सोमबार
बिर्तामोडलाई अनलाईन सञ्चारमाध्यम सञ्चालकहरुको ध्यानाकर्षण पत्र

बिर्तामोड बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाईन सञ्चारमाध्यमका सञ्चालकहरुले पालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् बिर्तामोडको सञ्चार नीतिमा विभेद भएको भन्दै उनीहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन्

प्रविधिको विकास इन्टरनेटमा अधिकांश मानिसको पहुँचका कारण पाठकले हातमै विश्वको सूचना समाचार पढन, हेर्न सुन्न चाहने भएका कारण अनलाईन सञ्चारमाध्यमको लोकप्रियता बढिरहेको अवस्थामा बिर्तामोडले भने अनलाईन सञ्चारमाध्यमलाई विभेद गरेको उनीहरुको ठहर अनलाईन सञ्चारमाध्यमको बढ्दो लोकप्रियता आवश्यकता भइरहेको परिवेशमा बिर्तामोड नगरपालिकाले अनलाईन सञ्चारमाध्यममाथि गरेको व्यवहार विभेदपूर्ण भएको हामीले महशुस गरेका छौँ छिमेकी पालिकाहरुले अपनाएको नीति यस पालिकाको नीतिमा उल्लेख्य फरक पाइएको तसर्थ बिर्तामोड नगरपालिकाले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको भुक्तानीमा अनलाईन सञ्चारमाध्यमलाई समेत अन्य सञ्चारमाध्यम सरह भुक्तानी गर्नका लागि ध्यानाकर्षण गराउँदै हामी जोडदार माग गर्दछौँ अन्य सञ्चारसंस्थाहरु सरह कानुन बमोजिम व्यवसाय दर्ता, नविकरण शुल्क भुक्तानीमा हामी प्रतिबद्ध रहेको जानकारीका गराउँदै अनलाईन सञ्चारमाध्यमलाई समेत समान व्यवहार गरी यसमा कार्यरत पत्रकार तथा कर्मचारीको मनोबल बढाउन सविनम्र आग्रह अनुरोध गर्दछौँ’– ध्यानाकर्षण पत्रमा उल्लेख  

बिर्तामोड क्षेत्रभित्र रहेका १८ वटा अनलाईन सञ्चारमाध्यमका सञ्चालक/सम्पादकहरुले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् बिर्तामोड नगरपालिकाले पालिकामा व्यवसाय दर्ता गरी सूचिकरण गराएका सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको तर त्यसबापत गर्ने भुक्तानीमा अन्य सञ्चारमाध्यमको तुलानामा अनलाइन सञ्चारमाध्यमलाई अत्यन्त कम भुक्तानी दिने गरेको

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख प्रसाईले सबै सञ्चारमाध्यमलाई समान रुपमा समेटेर लैजाने बताइन् लोककल्याणकारी विज्ञापनबापतको भुक्तानीमा फरक रहेको बिषय जानकारी भएकाले बजेटको आकार हेरेर सम्बोधन गर्ने कुरामा आफु प्रतिबद्ध रहेको जनाइन् 

सम्बन्धित समाचार