२०८३ बैशाख २० गते , आईतबार

मेचीनगर लेडी जेसिजको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रसाई

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २४ गते , आईतबार
मेचीनगर लेडी जेसिजको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रसाई

बिर्तामोड मेचीनगर लेडी जेसिज बर्ष २०२४ को नयाँ नेतृत्व चयन भएको शनिबार सम्पन्न १०औँ बार्षिक साधारणसभाले पवित्रा विमली प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो प्रसाई बर्ष २०२३ को कार्यकारिणी उपाध्यक्ष हुन्

सर्वसम्मत चयन भएको समितिको कार्यकारिणी उपाध्यक्षद्वय शकुन्तला ढकाल एलिशा बुढाथोकी रिजाल रहेका छन् त्यस्तै उपाध्यक्षहरु शर्मिला तिम्सिना, सुनिता कोइराला, गीता पौडेल -उर्मिला_ लक्ष्मी कोइराला चयन भएका छन्

जम्मा १५ सदस्यीय कार्य समिति हुने भएपनि बाँकि महासचिव, सचिव, कोषाध्यक्षलगायत मनोनित पदहरु अध्यक्षले चयन गर्ने पद हस्तान्तरणको दिन घोषणा गर्ने व्यवस्था रहेको

मेचीनगर लेडी जेसीजले आगामी बर्ष नेपाल जेसीज क्षेत्र सम्मेलन मेचीनगरमा आयोजना गर्दैछ

सम्बन्धित समाचार