२०८३ बैशाख २० गते , आईतबार

काठ बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २३ गते , शनिबार
काठ बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

बिर्तामोड माटोमा लुकाएर काठ ढुवानी हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले ट्याक्टर चेकजाँच गर्न खोज्दा घुस दिन खोज्ने व्यक्तिसहित काठ, ट्याक्टर दुई जना व्यक्तिलाई पक्राउ गरेको अर्जुनधारा नगरपालिका बाँसबारीमा ट्याक्टरले माटोमा लुकाएर काठ लैजाँदै गरेको सुचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा घुस दिन खोज्ने अर्जुनधारा का ४० बर्षीय कृष्ण श्रेष्ठ ३८ बर्षीय रोहित घतानीलाई प्रहरीले पक्राउ गरेको

शनिार बिहान M५० बजे सो सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८०५ नम्बरको ट्याक्टरसहित प्रहरीले लाख ७० हजार मुल्य बराबरको ५४= क्युफिट सखुवाको चिरान काठ बरामद गरेको हो ट्याक्टर चेकजाँज गर्ने क्रममा काठ बरामद भएपछि उनीहरुले प्रहरीलाई ९५ हजार रुपैँया घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए

गोप्य सुचनाका आधारमा शनिश्चरे प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा गएको टोलीले ट्याक्टर चेकजाँच गर्दा माटो भित्र लुकाएर ढुवानी गरिरहेको अवस्थामा फिट लम्बाईको थान, फिट लम्बाईको ११ थान, फिट लम्बाईको १९ थान फिट लम्बाईको २० थान चिरान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

बरामद भएको काठसहित ट्याक्टर पक्राउ परेका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको स्रोतका अनुसार गोप्य सुचना पाएको प्रहरीले रातभरको प्रयासबाट बिहान ट्याक्टर फेला पार्न सफल भएको थियो

सम्बन्धित समाचार