२०८३ बैशाख २० गते , आईतबार

दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २२ गते , शुक्रबार
दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद

काठमाण्डौ त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुन बरामद र्गयो दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको हो

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो

दुबईबाट एक यात्रुले ठुलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो

घलेले बिस्कुट आकारमा सुन ल्याएको भन्सार प्रमुख पाण्डेले बताए सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको उनीहरूमाथि थप अनुसन्धान भइरहेको अनुसन्धान प्रयोजनका लागि हाल थुनामा पठाइएको

सम्बन्धित समाचार