२०८३ बैशाख २० गते , आईतबार

टेकनाथ रिजालले बुझाएनन धरौटी

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २१ गते , विहीबार
टेकनाथ रिजालले बुझाएनन धरौटी

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा  उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपनि भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छैनन । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।
धरौटीमा रिहाई गर्न आदेश भएकाहरुले धरौटी बुझाएर छुटिसकेपनि रिजालले भने धरौटी बुझाएका छैनन । कारागारमा सँगै बस्नेहरूसँग धरौटी रकमबारे रिजालले भनेका छन्– ‘त्यति धेरै पैसा तिर्न सक्ने अवस्था छैन ।’
रिजालसँगै आदेश भएका
शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी रिहाई भैसकेका छन् ।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा रिजाल सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । 

सम्बन्धित समाचार