२०८३ बैशाख २० गते , आईतबार
कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु
विराटनगर । विराटनगर-७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको पनि मृत्यु भएको छ ।
एक जनाको शव आगो नियन्त्रणपछि भेटिएको थियो भने उपचारको क्रममा विराटनगर-६ का दिपक मण्डलको न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
गोदाममा फेला परेको मृतकको पहिचान हुन सकेको छैन । शव जलेकोले महिला हो कि पुरुष भन्ने पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
आगलागीमा घाइते भएका विराटनगर ६ की वर्ष ६५ की सुशीला पासवान, ५८ वर्षका किशोर पासवान, ३० वर्षीया पीँकी कामत र ६० वर्षीया अजिता सरदार घाइते छन् । उनीहरुमध्ये सुशीला र अजिता गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते महिलाहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।