२०८३ बैशाख १९ गते , शनिबार

लागूऔषध प्रयोगकर्तालाई सचेतना कक्षा सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १८ गते , सोमबार
लागूऔषध प्रयोगकर्तालाई सचेतना कक्षा सम्पन्न

बिर्तामोड लागूऔषधको कुलतमा फसेकाहरुलाई सचेतना कक्षा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुलाई लागूऔषधको असर प्रभावका बारेमा जानकारी गराएको हो

लागूऔषधको कुलतमा फसेकाहरुलाई मनोपरामर्श पुनः सामाजिकीकरण अभियान २०८०अन्तर्गत आइतबार जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी प्रहरी नायव निरीक्षक सुवास मिश्रले सचेतना कक्षा सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको कार्यक्रममा लागूऔषधको असर, प्रभाव कसुर सजायको बिषयमा डकुमेन्ट्री प्रस्तुत गरिएको थियो

पुन स्थापना सुधार केन्द्र काँकरभिट्टाका संचालकहरु संदिप थापा भिम लुईटेलले उनीहरुको उत्प्रेरणा बढाएका थिए कार्यक्रममा दुव्र्यसनीको सामूहिक प्रतिबद्धताआइ डेयर नो ड्रग्समा सामूहिक प्रतिबद्धता जनाइएको थियो कार्यक्रम जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो  

जिप्रका झापाको सभाहलमा भएको कार्यक्रममा ४५ जना लागूऔषध प्रयोगकर्ताहरुको सहभागिता रहेको कार्यालयले जनाएको  

सम्बन्धित समाचार