झापाका दर्जनौं संघसंस्थाद्वारा प्रजिअ पोखरेललाई सम्मान
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई जिल्लामा सकृय ४२ वटा संघसंस्थाले सम्मान सहित बिदाई गरेका छन । बिर्तामोड उद्योग वाणिज्य झापाबाट सरुवा भएका उनलाई संघको अगुवाईमा आइतबार बिहान सम्मानसहित बिदाई गरिएको हो ।
बिर्तामोड उवा संघको हलमा भएको कार्यक्रममा पार्बता बिमली, प्रशान्त भण्डारी, लिला अनमोल र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना ब्यक्त गरेका थिए । पोखरेललाई सम्मान पत्रसहित खदाले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरेलले प्रशासकले प्रशासक मात्र नभएर एउटा अभिभावकको भुमिका निर्वाह गर्न सक्नु पर्ने बताए । जागिरे जिवनको २९ बर्षमा झापामा अत्यन्तै आत्मिय भएर काम गर्न पाउँदा खुसी लागेको बताउँदै झापाबासीको प्रगतिको कामना गरे ।
पोखरेलले प्रजिअको रुपमा झापामा रहँदा खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेकाले सम्मान गरिएको उवा संघ बिर्तामोडका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । कार्यक्रम बिर्तामोड उवा संघका महासचिव अर्जुन मैनालीले संचालन गरेका थिए ।