२०८३ बैशाख २० गते , आईतबार

अर्जुनधारामा मंसिर १७ देखि देवीभागवत ज्ञान महायज्ञ हुँदै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १५ गते , शुक्रबार
अर्जुनधारामा मंसिर १७ देखि देवीभागवत ज्ञान महायज्ञ हुँदै

बिर्तामोड । झापाको अर्जुनधारास्थित जलेश्वरधाममा मंसिर १७ गतेदेखि ४१औँ वार्षिक अनुष्ठान हुने भएको छ । धामले १७ देखि २४ गतेसम्म श्रीमद देवीभागवत ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो ।
बाला चतुर्दशीको अवसर पारेर धामले नौ दिनसम्म नवाह देवीभागवत ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो । 
पूर्वको पशुपतिनाथले परिचित धामले हरेक वर्ष धार्मिक अनुष्ठान आयोजना गर्दै आएको छ । धामले यो वर्षलाई ऐतिहासिक बनाउने उद्देश्यले श्रीमद् देवीभागवत ज्ञान महायज्ञ आयोजना गरिएको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मंसिर २४ गते साँझ लक्षवती बालिने र  मंसिर २५ गते बिहान सतबिज छरेसँगै कार्यक्रम समापन हुने धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । अनुष्ठानमा पतञ्जली योगपीठ हरिद्धार भारतका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पनि सहभागी हुने छन् । उनी मंसिर २४ गते धाममा आउने अध्यक्ष गट्टानीले बताए । 
धामका महासचिव शिवलाल खतिवडाका अनुसार आचार्य बालकृष्णले खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने कार्यक्रमपनि तय भएको छ । अनुष्ठानमा अनुमानित ४० लाख खर्च हुने र एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
हरेक वर्ष दर्शनार्थीको भीड बढ्दै गएको अवस्थामा भूमि विस्तारलाई निरन्तरता दिने उद्देश्य राखेर जलेश्वर धामले अनुष्ठान आयोजना गरेको कोषाध्यक्ष मनोज जोशीले बताए । धामले यो बर्ष अक्षयकोषलाई १ करोड बनाउने उद्देश्य राखेको प्रचार समिती संयोजक रमेश तिखत्रीले जानकारी दिए । 

सम्बन्धित समाचार