२०८३ बैशाख १९ गते , शनिबार

हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १५ गते , शुक्रबार
हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु

बिर्तामोड । झापाको हल्दिबारीमा सामुदायिक वनका चौकीदारको हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा रणकाली सामुदायिक वनका चौकीदार हल्दिबारी-३ का धनबहादुर बन रहेका छ्न ।
उनी वनको रेखदेख गर्न शुक्रबार बिहान ९ बजे रणकाली सामुदायिक वन गएको बेला हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार बिहान१०:५० बजे उनी मृत फेला परेको सुचना प्राप्त हुना साथ घटनास्थलमा पुगेर कानुनी प्रकृया पूरा गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार