२०८३ बैशाख १९ गते , शनिबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड । मेची राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन भएको छ ।
बिहीबार साँझ ६ः५० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोहि दिशा तर्फ जाँदै गरेको तत्काल नामथर नखुलेको पैदल यात्रीलाई पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाइते पैदल यात्रीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाइएकोमा उपचारको क्रममा साढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
मोटरसाइकल चालक कमल गाउँपालिका १ बस्ने २० बर्षीय सागर तामाङ सामान्य घाइते भएको र स्थानीय शिवम् मेडिकलमा उपचार पश्चात इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको र ठक्कर दिने मोटरसाइकल अस्थायी पोष्ट माइधारमा राखिएको प्रहरीले जनाएको छ ।