२०८३ बैशाख १९ गते , शनिबार
बुधबार राति दुबई जान छुटेका यात्रुलाई आज राति पठाइने
बिर्तामोड । बुधबार राति नेपाल एयरलाइन्सबाट दुबई जान छुटेका ३१ जना यात्रुलाई आज बेलुका नै पठाइने भएको छ । यात्रुहरु छुटेकोमा दुख व्यक्त गर्दै निगमले आज बेलुका ११ः३० मा नेपाल एयरलाइन्सको फ्लाइटबाट दुबई पठाउने बताएको हो ।
नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै बुधबार राति छुटेका ३१ जना यात्रुलाई आज बेलुका नेपाल एयरलाइन्सको फ्लाइटमा नै पठाइने जानकारी दिएको हो ।
नेपाल एयरलाइन्सले बुधबार राति आरए २२९ को काठमाण्डौ–दुबई उडानको ११ः३० को समयलाई रिसेड्युल गरी ९ः३० बनाउँदा २७४ यात्रुमध्ये ३१ जना छुटेका थिए ।