२०८३ बैशाख १९ गते , शनिबार
रामबहादुर र सुरेन्द्रले गरे पहिलो पटक समलिंगी विवाह दर्ता
झापा । नेपाल मै पहिलो पटक लमजुङको दोर्दी गाउँपालिकामा समलिंगी विवाह दर्ता भएको छ ।
दोर्दी गाउँपालिका–२ का रामबहादुर गुरुङ (माया) ले नवलपरासी कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो ।
सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो । योसँगै वडाको सिफारिसमा पालिकामा उक्त विवाह दर्ता भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको थियो ।
उनीहरुको विवाह दर्ता प्रमाणपत्रमा सुरेन्द्रलाई दुलाहा र रामबहादुरलाई दुलही उल्लेख गरिएको छ ।