२०८३ बैशाख १९ गते , शनिबार

प्याब्सन बिर्तामोडको पहिलो दिनको नृत्य प्रतियोगिता सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १४ गते , विहीबार
प्याब्सन बिर्तामोडको पहिलो दिनको नृत्य प्रतियोगिता सम्पन्न

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल बिर्तामोडको पहिलो दिनको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । दुई दिवसीय कार्यक्रम अन्तर्गत प्राथमिक तह र निम्न माध्यमिक तहको नृत्य प्रतियोगिता बुधबार कोहेड कलेजमा सम्पन्न भएको हो ।

कक्षा १५ अन्तर्गतको आधुनिक गीत नृत्यमा बेल्स मोडेल इङ्गलिस स्कुल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल द्वितीय र कन्चन इङ्गलिस स्कुल तृतीय भएको प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेलले जानकारी दिए ।

त्यस्तै कक्षा ६८ अन्तर्गतको राष्ट्रिय गीत नृत्य प्रतियोगितामा न्युटन्स एजुकेसन एकेडेमी प्रथम, बुद्ध स्मृति एजुकेसन फाउण्डेसन दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तेस्रो भएको छ ।

विजयी विद्यालयले ट्रफी र विद्यार्थीले मेडल प्राप्त गरेका थिए । आजको प्रतियोगितामा विजयी विद्यार्थीहरुले पुष १ र २ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने सचिव खरेलले जानकारी दिए ।

कक्षा १५ लाई आधुनिक, कक्षा ६८ लाई राष्ट्रिय र कक्षा ९१२ लाई सांस्कृतिक विद्यामा नृत्य गराइएको प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालले जानकारी दिए । खनालका अनुसार कक्षा ९१२ को नृत्य र सबै तहको गायन प्रतियोगिता विहीबार हुने छ ।

प्याब्सन नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई र विशिष्ट अतिथी बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख तिलचन भण्डारी रहेका थिए ।

शिक्षासेवी स्वर्गीय नरेशमान धिमालको तेह्रौँ दिनको पुण्य तिथीको अवसरमा उनको फोटोमा माल्यार्पणसहित मौन धारण गरिएको थियो । बिर्तामोड क्षेत्रका निजी विद्यालयका करिब ९ सय विद्यार्थी उपस्थित कार्यक्रममा सहभागीहरुलाई प्याब्सन बिर्तामोडका सहसचिव देबेन्द्र हुमागाईले स्वागत गरेका थिए । कार्यक्रम प्याब्सन बिर्तामोड सचिव खरेलले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार