२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडबाट शुरु भयो ईखरीपाटी

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १३ गते , बुधबार
बिर्तामोडबाट शुरु भयो ईखरीपाटी

बिर्तामोड । नयाँ अनलाइन सञ्चारमाध्यमको रुपमा झापाको बिर्तामोडबाट ईखरीपाटी सञ्चालनमा आएको छ । बिर्तामोड-५ मा कार्यालय रहेको ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ईखरीपाटी डटकम बुधबारबाट सञ्चालनमा आएको हो ।
बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । ‘अनलाइन सञ्चारमाध्यममा भिड बढाउन मात्र हैन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी गर्न हामी आएका हौँ,’ अध्यक्ष कार्कीले भने, ‘हामी सधैँ सत्यको पक्षमा रहनेछौँ । निष्पक्ष पत्रकारिता गर्ने छौँ ।’
डेढ दशकदेखि झापाली पत्रकारितामा क्रियाशील शम्भु दाहाल ईखरीपाटीको सम्पादक रहेका छन् । साझामञ्च डटकम, माउन्टेन टेलिभिजन, जनता टेलिभिजन, बिर्ताज्योती साप्ताहिक, जनसंसद दैनिकलगायत सञ्चार माध्यममा काम गरेका दाहालले पत्रकारिता तथा आमसंचार विषयमा स्नातक गरेका छन् । दाहालले ईखरीपाटी आवाजविहीनको आवाज बन्ने बताए । ‘हामी पत्रकार आचारसंहितामा रहेर सधैँ गलतको खबरदारी गरिरहने छौँ,’ उनले भने, ‘हामी आउनुको सार्थकता देखाउने प्रयत्न सधैँ रहनेछ ।’ उनले ईखरीपाटीका प्रश्नहरू कहिल्यै कमजोर नबनाउने बताए । ‘पत्रकारितालाई हतारको साहित्य भनिन्छन् । तर, हतारमा गल्ती गर्ने छुट हामीलाई छैन,’ उनले भने, ‘अहिले सूचना प्रविधिको युगमा नागरिक पत्रकारिताले गर्दा ब्रेकिङ भन्ने हुँदैन । तसर्थ ब्रेकिङको पछि नलागी सत्य, निष्पक्ष र विश्लेषणात्मक सामग्री प्रकाशन गर्नेछौँ ।’

सम्बन्धित समाचार