२०८३ बैशाख १९ गते , शनिबार
काकरभिट्टा पोखरा रुटमा चल्ने बस दुर्घटना, २ जनाको मृत्यु
बिर्तामोड । काकरभिट्टा पोखरा रुटमा चल्ने बस तनहुँमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेर दुर्घटना भएको थियो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बसमा सवार ३६ जना मध्ये २ जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको बताए । उनले घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पोखरा पठाइएको पनि जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।