२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री प्रचण्ड आज दुबई जाँदै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १३ गते , बुधबार
प्रधानमन्त्री प्रचण्ड आज दुबई जाँदै

झापा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दैछन् प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन -कोप२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्न लागेका हुन्  

कोप२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको उनले शुक्रबार सो सत्रलाई सम्बोधन गर्ने जनाइएको संयुक्त अरब इमिरेट्स जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा पनि प्रचण्ड सहभागी हुनेछन्

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री प्रचण्डलेकल अफ दी माउन्टेनस् हु सेभ अस फ्रम दी क्राइसिस नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् सो सत्रमा नेपाल पर्वतीय हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन वैश्विक तापक्रमको असर तीव्र रूपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने हिमालका एजेन्डालाई कोप२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्नुहुने मन्त्रालयले औँल्याएको

सम्मेलनको साइडलाइन बैठकका रूपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको

त्यस्तै युएईमा रहनुहुँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्नुहुने कार्यसूची पनि रहेको

सम्बन्धित समाचार