२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईंका स्वकिय सचिव थापा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १२ गते , मंगलबार
दुर्गा प्रसाईंका स्वकिय सचिव थापा पक्राउ

बिर्तामोड । दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 
थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए । 

सम्बन्धित समाचार