२०८३ बैशाख २० गते , आईतबार
चन्द्रगढी एयरपोर्टको रनवेमा विमान ल्याण्ड हुनै लाग्दा स्याल देखिएपछि .......
बिर्तामोड । झापाको चन्द्रगढी विमानस्थलको रनवेमा स्याल देखिएपछि ल्याण्ड हुन लागेको बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।
चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करिब ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।
धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले जानकारी दिए ।
‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्यो ।’