२०८३ बैशाख १९ गते , शनिबार

‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ झापाबाट शुरु

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ११ गते , सोमबार
‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ झापाबाट शुरु

बिर्तामोड स्वीकारोक्ति फाउण्डेशनलेस्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ को शुरुवात गरेको झापाको बेलडाँगी शिविरमा सोमबार एक कार्यक्रम आयोजना गरी फाउण्डेशनले विश्व शान्ति यात्रा शुरु गरेको हो

अस्तित्वहरुको न्यायिक सम्बोधन भन्ने मूल विचार मान्यता बोकेर विगत एघार बर्षदेखि अस्तित्वहरुको न्यायिक सम्बोधन मानव चेतना अभिवृद्धिको लागि कार्यरत फाउण्डेशनले नेपाल तथा भारतका विभिन्न स्थानमा कार्यक्रम गरी मंसिर २९ गते काठमाण्डौमा यात्रा समापन हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो

यात्राको क्रममा फाउण्डेशनले झापा, सुनसरी, मोरङ इलामका विभिन्न स्थान साथै भारतको गुवाहटी, गान्तोक सिलिगुढीमा कार्यक्रम गर्ने जनाएको भारतमा हुने एक कार्यक्रमका बिच नेपाली साहित्यकार लिलबहादुर क्षेत्रीलाई लाख नेपाली रुपैँयाकोस्वीकारोक्ति सिद्धि पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको फाउण्डेसनका अध्यक्ष डेन्जोम साम्पाङ राईले जानकारी दिए

त्यस्तै मंसिर १४ गते झापाको बिर्तामोडमा एक वृहत साहित्यिक तथा सम्मान कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए अन्य स्थानहरुमा वृक्षारोपण, छलफल, बहस तथा विद्यार्थीहरुसँग अन्तरक्रिया आदि गरिने अन्तर्राष्ट्रिय समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले जानकारी दिए

मंसिर २८ २९ गते काठमाण्डौमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन काठमाण्डौसँगको सहकार्यमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन गरेसँगै यात्रा समापन हुने कार्यक्रम सञ्चालक सुनिता तामाङले जानकारी दिइन्

पर्यावरण संरक्षण, विश्व शान्ति तथा सम्मृद्धिलाई मुल मर्मको रुपमा आत्मसाथ गर्दै फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको

 

सम्बन्धित समाचार