२०८३ बैशाख १९ गते , शनिबार
राजगढस्थित काठमिलमा एकाविहानै आगलागी, ७ लाख बराबरको क्षति
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकास्थित राजगढ बजारमा रहेको काठमिलमा आगलागी भएको छ । सोमबार विहान भएको आगलागीबाट करिब ७ लाखको क्षति भएको अनुमान गरिएको छ ।
सोमबार बिहान ५M२० बजे विद्युतको तार सर्ट भइ आगलागी हुँदा काठमिलमा रहेको मेसिन, काठ र मोटरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीको सहयोगमा प्रहरीले विहान ६ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।