२०८३ बैशाख १९ गते , शनिबार

ईकमको कार्यक्रम राजषी शैलीमा, ज्ञानेन्द्रले गरे पृथ्वीनारायणको सालिक अनावरण

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ९ गते , शनिबार
ईकमको कार्यक्रम राजषी शैलीमा, ज्ञानेन्द्रले गरे पृथ्वीनारायणको सालिक अनावरण

बिर्तामोड पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार झापामा आयोजित एक कार्यक्रममा सहभागी भएका छन् शाहले बिर्तामोड स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन्

शनिबार (आज) ईकम कलेजले आफ्नो प्राङ्गणमा निर्माण गरेको फाइबरको सालिक शाहले अनावरण गरेका हुन् शाहले सालिक अनावरणसँगै बर्षदेखि सञ्चालित उक्त कलेजको उद्घाटनसमेत गरेका थिए ईकम कलेजले होटल म्यानेजमेन्ट, बिज्ञान व्यवस्थापन संकायको कक्षा सञ्चालन गराउँदै आएको

कार्यक्रममा सहभागि हुन शाह शुक्रबार नै मेचीनगरमा रहेको होटल मेची क्राउनमा आएका थिए मेची क्राउन होटलबाट राजावादी दलका कार्यकर्ताले स्कर्टिङ गरेर शाहलाई कार्यक्रम स्थलसम्म ल्याएका थिए हजारौं मोटरसाइकलमा आएका राजावादी दलका कार्यकर्ताले शाहलाई स्कर्टिङ गरेका थिए राप्रपाले शाह झापा आएको मौकामा स्वागत गर्ने भन्दै शक्ति प्रदर्शन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि शाहसँगै कार्यक्रममा सहभागी भएका थिए उनी आफै १५ दिनदेखि झापामा बसेर कार्यक्रमको तयारी गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्

कलेज उद्घाटन, पृथ्वीनारायण शाहको सालिक अनावरणपछि शाहले कलेजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम अवलोकन गरेका थिए कार्यक्रममा आयोजकले नेपाली राष्ट्रगान भन्दै स्वदेश गित बजाएको थियो रातो चन्द्र सुर्य बोलको स्वदेश गान कलेजका छात्रा प्रेरणा ओलीले गाएकी थिइन्

पछिल्लो समय राजावादी अभियान चलाइरहेका दुर्गा प्रसाईँले मधेस प्रदेशमा आयोजित एक कार्यक्रममा पुरानो राष्ट्रगान बजाएपछि विवाद उत्पन्न भएको थियो आयोजकले सो विवाद यहाँ दोहोरिने सम्भावनालाई टार्दै स्वदेश गितलाई राष्ट्रगानको रुपमा प्रस्तुत गरेको थियो

कलेजका शिक्षकसमेत रहेका कार्यक्रमका उद्घोषक बालकृष्ण दाहालले सम्बोधनभरी राजषी भाषा शैली प्रयोग गरेका थिए पुर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालसहितका वक्ताहरुले पटकपटकश्री को सरकार, महाराजधिराज लगायतका बिशेषण प्रयोग गरेका थिए कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक आलोक कार्की तथा सञ्चालक निर्मल निरौलाले बोलेका थिए

शाहलाई हेर्न प्रदेशभरबाट हजारौं सर्वसाधारणको भिड लागेको थियो भिडका कारण कार्यक्रम स्थलसम्म शाहलाई लैजाने क्रममा सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो कार्यक्रम स्थलसम्मको लाइनमा ठेलमठेल हुँदा सहभागीहरुले दिग्दारी महशुर गरेका थिए नेपाल प्रहरीका डिएसपी शसस्त्र प्रहरीका इन्स्पेक्टरको टोलीले  कार्यक्रममा सुरक्षा दिएका थिए

कलेज प्राङ्गणमा गरिएको कार्यक्रममा सहभागीलाई भने गेट बाहिरै राखिएको थियो कलेजको कम्पाउण्डभित्र जान नपाएपछि सहभागीहरुले चर्को असन्तुष्टी जनाएका थिए टाढाबाट आएका उनीहरुले शाहलाई भेट्न नपाएपछि आयोजकको आलोचना गर्दै फर्किएका थिए

कार्यक्रममा शाह, राप्रपाका अध्यक्ष लिङदेन लगायत राजावादी दलका नेता कार्यकर्ता सहभागी भएपनि सम्बोधन भने गरेनन्

काठमाण्डौमा झापाका प्रसाईंले राजावादी आन्दोलन गरिरहेपनि शाह भने झापा आएका छन् दुर्गा प्रसाईको कार्यक्रमलाई खास महत्व नदिइरहेका शाह लिङदेनको व्यवस्थापनमा हुने कार्यक्रममा सहभागिता जनाउन झापा आएका हुन् प्रसाईँले तीनदिनदेखि लगातार काठमाण्डौमाराजा ल्याउने भन्दै आन्दोलन गरिरहेका छन् उनको आन्दोलनलाई पुर्वराजाको समर्थन रहने कतिपय राजनीतिक बिश्लेषकको अनुमान बिपरीत शाह भने लिङदेनको गृहजिल्ला झापा आएका हुन्

कार्यक्रम पश्चात पूर्वराजा शाह होटल मेची क्राउन नै फर्किएका छन् भने भोलि साँझ काठमाण्डौ फर्कने बताइएको

सम्बन्धित समाचार