२०८३ बैशाख १९ गते , शनिबार
झापामा दैनिक हात्ती आतंक बढ्यो
बिर्तामोड । पछिल्लो केहिदिन यता झापामा हात्ती आतंक बढेको छ । हात्तीको उपद्रोका कारण दिनहुँ जसो धनजनको क्षति भइरहेको छ ।
शनिबार (आज) विहान ४ बजे हल्दिबारी २ सरस्वती टोलमा हरिप्रसाद आचार्यको घुम्ती तोडफोड गरी चाउचाउ, विस्कुट, चकलेट, चिनी, दाल लगायत सामान खाँदा ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत बुधबारमात्र चारआलीस्थित गुम्बामा हात्तीले ३ लाख ८४ हजार बराबरको क्षति पुर्याएको थियो ।
त्यस्तै मंगलबार दमक ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा हात्तीले किचेर भुटानी शरणार्थी ७२ बर्षीय पदमलाल तामाङको ज्यान गएको थियो भने सोमबार हात्तीले मेचीनगर ११ का विशाल साहि दाहालको घरको वाल भत्काएर अन्नपात खाँदा करिब ९० हजार बराबरको क्षति भएको थियो ।