२०८३ बैशाख १९ गते , शनिबार
रेशम चौधरीको सजाय माफीको कारण देखाउ आदेश
बिर्तामोड । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाऊ आदेश गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई गणतन्त्र दिवसको अवसरमा सरकारले सजाय माफी दिएर रिहा गरेको थियो ।