२०८३ बैशाख १९ गते , शनिबार

दमकमा तास खेलिरहेका ११ जना प्रहरी फन्दामा

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ८ गते , शुक्रबार
दमकमा तास खेलिरहेका ११ जना प्रहरी फन्दामा

बिर्तामोड प्रहरीले दमकबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको दमक हाटखोलास्थित कर्णबहादुर राईको घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो

बिहीबार साँझ साढे बजे विशेष सुचनाका आधारमा इलाका प्रहरी चौकी दमकबाट खटिएको टोलीले घरधनी ४१ बर्षीय कर्णबहादुर राई, दमक बस्ने ४८ बर्षीय रत्नबहादुर बिश्वकर्मा, सुनसरी बराहक्षेत्र का ४५ बर्षीय सुरेशकुमार विष्ट, धरान १३ का ४१ बर्षीय रविकुमार राई, धरान १४ बस्ने ४७ बर्षीय कृष्णप्रसाद पाठक, बिराटनगर का ५५ बर्षीय हरी पाण्डे, बराहक्षेत्र का ४० बर्षीय प्रदिप गिरी, सोहि ठाउँका ३४ बर्षीय किशन घिमिरे, इटहरी १८ का २९ बर्षीय नरेश चौधरी धरानका ३० बर्षीय करणबहादुर मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए

प्रहरीले उनीहरुको साथबाट तीन बुङ तास लाख ५३ हजार सय रुपैँया नगदसमेत बरामद गरेको जनाएको पक्राउ परेकाहरुलाई इप्रका दमकमा राखिएको आजै म्याद थप गरी अनुसन्धान गरिने सूचना अधिकारी रिजालले जानकारी दिए  

सम्बन्धित समाचार