२०८३ बैशाख २० गते , आईतबार

भद्रपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ७ गते , विहीबार
भद्रपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

बिर्तामोड झापाको भद्रपुर नगरपालिका पृथ्वीनगरमा श्रीमान श्रीमती मृत फेला परेका छन् स्थानीय ३६ वर्षीय सुवास लिम्बू उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेका हुन्

जुनिता घरभित्र सुवास घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको श्रीमती जुनिताको हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए जुनिताको खुट्टामा सामान्य चोट देखिएको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए

सुवास झुण्डिएको रुखको फेदमा श्रीमती जुनिताको फोटो सुसाइड नोटसमेत फेला परेको प्रवक्ता रिजालले जानकारी दिए श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको सुवासले सुसाइड नोटमा उल्लेख गरेको स्रोतले बताएको

सुसाइड नोटमा आफ्नो कारणले जुनिताको मृत्यु भएको आफुपनि बाँच्न नसक्ने भन्दै बच्चाहरुको संरक्षण दाजुले गरिदिनु भनि सुवासले सुसाइड नोटमा उल्लेख गरेको बताइएको उनीहरुको तीन नाबालक छोराछोरी रहेको प्रहरीले जनाएको

दुवैजनाले मादक पदार्थ सेवन गरी राति झगडा गरेका थिए सुवासका दाजुलगायतले राति ११ बजे घरमा आएर उनीहरुको झगडा मिलाएका थिए झगडा मिलाएर उनीहरु राति नै घर फर्किएको त्यसपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए

सम्बन्धित समाचार