२०८३ बैशाख १९ गते , शनिबार

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ७ गते , विहीबार
धनकुटामा एकै परिवारका तीन जना मृत फेला

धनकुटा धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् धनकुटा नगरपालिका निगालेका ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन्

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए

डिएसपी महर्जनका अनुसार उनीहरुकी वर्षीया छोरी सकुशल छिन् प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए छोरी छिमेकीका अनुसार श्रीमानश्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको मृत्युको कारण खुलेको छैन प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएको डिएसपी महर्जनले बताए

घाउचोट देखिएको छैन, मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने

सम्बन्धित समाचार