२०८३ बैशाख १९ गते , शनिबार
हात्ती आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु
बिर्तामोड । झापाको दमकमा हात्तीले किच्दा एक जना वृद्धको मृत्यु भएको छ । दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर नम्बर बी२ हट नम्बर २५२ बस्ने ७२ बर्षीय पदमलाल तामाङको मृत्यु भएको हो ।
मंगलबार दिउसो साढे ११ बजे हम्सेदुम्से सामुदायिक वनमा घाँसदाउरा गर्न गएका तामाङ साँझसम्मपनि घर नफर्किएपछि खोजतलासको क्रममा राति ९ बजे मृत अवस्थामा आफन्तले फेला पारेका थिए । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।