२०८३ बैशाख १९ गते , शनिबार

अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ३ गते , आईतबार
अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

बिर्तामोड आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको आराधना, उपासना पूजा गरी उल्लासपूर्वक मनाइँदैछ तराईमधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्ध्य दिइन्छ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिन्छन् छठको दोस्रो दिन हिजो खरना विधि सम्पन्न भएको चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् झापाको मेची, बिरिङ, कनकाई, अदुवा खोला लगायत विभिन्न नदीनाला झकिझकाउ बनाइएको

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको हो सत्य अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति परिवारको कल्याणको कामना गरिन्छ छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने जनविश्वास

सम्बन्धित समाचार