२०८३ बैशाख १९ गते , शनिबार
पहिलो अफसेट भित्र्याएको पूर्वाञ्चल २९औँ बर्षमा प्रबेश
बिर्तामोड । झापाली छापा माध्यममा पहिलो पटक अफसेट प्रविधि भित्र्याएको पूर्वाञ्चल दैनिक २९औं बर्षमा प्रवेश गरेको छ । बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चलले आजबाट प्रकाशनको २८औँ बर्ष पूरा गरेको हो ।
श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ वर्गमा वर्गीकृत समाचारपत्र हो । कोशी प्रदेशका विभिन्न जिल्लामा वितरण हुँदै आएको पूर्वाञ्चल अनलाइन पोर्टलमार्फत विश्वभर उपलब्ध छ ।
२९ औँ बर्ष प्रवेशको अवसरमा पूर्वाञ्चलले पाठक र विज्ञापनदाताप्रति धन्यवाद ज्ञापन गरेको छ । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले नेपाली छापा माध्यमको विकास र प्रवर्धनमा तीनै तहका सरकारको विशेष ध्यान जान जरुरी भएको बताए ।