२०८३ बैशाख १९ गते , शनिबार

भैंसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २९ गते , बुधबार
भैंसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

बिर्तामोड । झापाको कमल गाउँपालिकामा भैंसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोरङको सुन्दरहरैँचा-५ बस्ने २४ बर्षीय मदन मगरको मृत्यु भएको हो ।
आज दिउँसो साढे ४ बजे कमल गाउँपालिका ३ स्थित सहिद गेट नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २१ प ७७ नम्बतको मोटरसाइकल एक्कासी बाटोमा निस्किएको भैँसीसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परि चालक मगर र मोटरसाइकलको पछाडी सवार  सुन्दरहरैँचा-५ बस्ने ३० बर्षीय अभिषेक चौधरी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा चिकित्सकले मगरलाई मृत घोषित गरेका थिए । चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार