२०८३ बैशाख १९ गते , शनिबार

नेपाल संवत ११४४ विविध कार्यक्रम गरी मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २८ गते , मंगलबार
नेपाल संवत ११४४ विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ नेपाल संवत ११४४ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ   यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ - सं ८८०_ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा= त्रिरत्न मानन्धरले जानकारी दिए

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत हो, उनले भने

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाण्डौमा अझै आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवतपनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको

म्हः -आत्म_ पूजा

आजैको दिन नेवार समुदायमा  म्हः -आत्म_ पूजासमेत गरिन्छ    कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म  -म्हः_ पूजा पर्व मनाउने गर्दछन्

यस वर्ष सोमबार मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको

भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष म्हः -आत्म_ पूजा गर्दैछन् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष आत्म -म्हः_ पूजा आज गर्नुपर्ने जनाएको

सम्बन्धित समाचार