२०८३ बैशाख १९ गते , शनिबार
मध्यरातमा मोटरसाइकल दुर्घटना हुँदा साहको मृत्यु
बिर्तामोड । लक्ष्मीपुर–घैलाडुब्बा सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई ९ घैलाडुब्बा बस्ने करिव ४० वर्षीय संजय साह गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।