२०८३ बैशाख २० गते , आईतबार

जलेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २४ गते , शुक्रबार
जलेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

बिर्तामोड झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० बुद्धशान्ति गाउँपालिका वडा नम्बर को सिमानामा पर्ने दुई रिङ्गेमा आगलागीमा परि एक वृद्धाको मृत्यु भएको बिहीबार राति साढे बजे घरमा आगलागीहुँदा ७५ बर्षीया दिलकुमारी राईको जलेर मृत्यु भएको हो

आगलागीबाट दिलकुमारीका श्रीमान ७३ बर्षीय शिवकुमार राई घाइते भएको अस्पतालमा उपचार भइरहेको स्थानीय बद्रीप्रसाद भण्डारीले जानकारी दिए उनीहरुको सन्तान नभएको घरमा दुई जनामात्र बस्ने गरेको उनले बताए घरमा आगो लागेको थाहा पाएपछि स्थानीयहरु गएर आगो निभाएका थिए आगो निभाई सकेपछि वृद्धदम्पतीको खोजी गर्दा शिवकुमारलाई घरबाट केहि पर खेतमा लडिरहेको स्थानीयले फेला पारेको भण्डारीले बताए दिलकुमारी खोइ भनेर उनीहरुले सोध्दा घाइते शिवकुमारले मैन बत्ती बाल्दै थिइ भनेपछि घरभित्र खोजतलास गर्दा दिलकुमारीलाई मृत फेला परेको उनले बताए

आगलागीबाट करिब ७५ हजारको क्षति भएको प्रहरीले जनाएको  

सम्बन्धित समाचार