२०८३ बैशाख १९ गते , शनिबार

झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २३ गते , विहीबार
झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

बिर्तामोड तिहारको अवसरमा खेलिने देउसी भैलो राति १० बजेसम्ममात्र खेल्न पाइने भएको जिल्ला प्रशासन कार्यालय झापाले बुधबार एक शुभकामना विज्ञप्ति जारी गर्दै राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको हो

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्य व्यक्ति, टोल, समुदाय सार्वजनिक जीवनमा असर नपर्ने गरी खुशियाली मनाउन भनिएको राति १० बजेसम्ममात्र देउसी भैलो कार्यक्रम सञ्चालन गर्न, दिपावली तथा छठ मनाउने क्रममा पटका, आतिशबाजी जस्ता विष्फोटक तथा अति प्रज्वलनशिल पदार्थ आयात, ओसारपसार, बिक्री वितरण प्रयोग नगर्न प्रजिअ पोखरेलले अनुरोध गरेका छन्

त्यस्तै कानुनले निषेध गरिएका जुवा तास खेल्ने खेलाउने कार्यसमेत नगर्न नगराउन आग्रह गर्दै त्यस्तो गरेको पाइएमा कानुनी कारबाही हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको

सम्बन्धित समाचार